काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभर गरिएको ५ हजार १ सय ८१ पीसीआर परीक्षणबाट उपत्यकाका तीन जिल्लाका १ सय ५० महिला र १ सय ९८ पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १५ सय जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।












