काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गर पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । निगमले पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको जनाएको छ । मुल्यबृद्धि पछि अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ , डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
ईण्डियन आयल कर्पोरेसनले पठाएको नँया मुल्यसूचि अनुसरा मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।












