३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक पदक तालिकामा अमेरिका शीर्ष स्थानमा उक्लियो, चीन दोस्रो



अ+ अ-

फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिकमा सोमबार रातिसम्मको परिणाम अनुसार संयुक्त राज्य अमेरिका पहिलो पटक पदक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

कूल ७९ पदक जितेको अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले समान २१ स्वर्ण, १८ रजत र १४ कास्य पदक जितेको छ ।

आयोजक फ्रान्स भने तेस्रो स्थानमा छ । उसले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदक जितेको छ । त्यस्तै चौथो स्थानमा रहँदै अस्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र ८ कास्य पदक जितेको छ ।

सोमबार रातिसम्म विश्वका ६६ वटा देशले पदक जितेका छन् ।

दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म तीन वटा कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।

पदक जित्ने शीर्ष १० राष्ट्र