३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनले बीच भेट



अ+ अ-

 काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनले बीच शुक्रबार  अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।  भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।

अर्थमन्त्री र  राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो।   भेटमा  राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउनु भयो। राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताउनुभयो।