२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाको कृषक बेसार खेतीतर्फ  आकर्षित



अ+ अ-

काठमाडौं । जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् । 

मधुवन नगरपालिकाको बेसार खेति पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेति शुरु गरेका हुन् । दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेति गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेति गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पुर्‍याएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेति गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतिलाई पहिलो प्रथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताउनुभयो । नगरपालिकाले बेसार खेतिमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गारएको छ ।

बेसार खेति शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतितर्फ आकर्षित गरेको हो ।