२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइनको काम धमाधम अघि बढे



अ+ अ-

काठमाडौं। चिलिमे(त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको काम धमाधम अघि बढेको छ। रसुवामा निर्माणाधिन १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको साञ्जेन लगायत निजी क्षेत्रबाट प्रवर्द्धिन आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो प्रसारणलाइनको निर्माण भइरहेको छ।

गत असोजमा नुवाकोटका प्रभावितलाई मुअब्जा दिएको आयोजनाले मंसिरमा चिलिमेका प्रभावितलाई मुअब्जा बाड्न तयारी भएको छ। २८ किलोमिटर लामो प्रसारणलाइनको लागि रसुवामा ५७ र नुवाकोटमा २० वटा टावर निर्माण हुने भएको छ। आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत भन्दा बढी पुगेको आयोजनाले जनाएको छ। प्रसारणलाइन निर्माणमा मुअब्जाको समस्या निकै जटिल बन्ने गरेको छ। मुअब्जाको टुङ्गो लागेसँगै प्रसारणलाइनको काम द्रुत गतिमा अघि बढ्ने आयोजनाले जनाएको छ।

चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले प्रवर्द्धन गरिरहेका आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भन्दा धेरै छ। गत आर्थिक वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य अनुसार काम गरिरहेका यी आयोजना कोभिडबाट प्रभावित भएपछि विद्युत उत्पादन मिति भने केहि पर धकेलिएको छ।