३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन सुपर कपको उपाधि लेभरकुसेनले जित्यो



अ+ अ-

काठमाडौँ । जर्मन सुपर कपको उपाधि लेभरकुसेनले जितेको छ । गएराति भएको फाइनल खेलमा स्टुटगार्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै लेभरकुसेन च्याम्पियन बनेको हो ।

निर्धारित र थप समयसम्म खेल २–२ गोलको बराबरी भएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको थियो ।

खेलको ११ औं मिनेटमा भिक्टर बोनीफेसले गोल गर्दै लेभरकुसेनलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा एन्जो मिलोटले गोल फर्काउँदै स्टुटगार्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ६३ औं मिनेटमा डेनिज उन्डभले गोल गर्दै स्टुटगार्टलाई २–१ ले अघि बढाए । ८८ औं मिनेटमा प्याट्रिक सेसिकले गोल गर्दै लेभरकुसेनलाई २–२ गोलको बराबरी ल्याएका थिए ।

खेलको ३७ औं मिनेटमा मार्टिन टेरिअरले रातो कार्ड खाएपछि लेभरकुसेन १० खेलाडीमा समेटिएको थियो ।