काठमाडौं । नेपाल कम्युनिष्ट पार्टिका नेता तथा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङले नेपालमा गाँजा खेति, सेवन र ओसारपसारमा जेल सजाय भोगिरहेका करिव १२ हजार कैदिहरुलाई आममाफी दिनुपर्ने बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्दै नेपालमा पनि गाँजालाई कानुनी रुपमा मान्यता दिँदै अघि बढ्नुपर्ने बाताएका छन् । त्यस्तै उनले आफुहरुले संसदमा दर्ता गरेको गाँजा सम्बन्धी कानून पारित गर्नासाथ यो प्रक्रियाको प्रारम्भ हुने पनि बताएका छन् । त्यस्तै उनले छिटोभन्दा छिटो कानून पारित गराउन सबैले आ–आफ्नो ठाउँबाट लाग्न पनि अनुरोध गरेका छन् ।
नेता तथा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङको स्ट्याटस:
''अमेरिकाको प्रतिनिधीसभा संघीय संसदले गाँजा प्रयोग, खेति र ब्यापार गर्नेहरुलाई अमेरिकाको संघीय कानून बमोजिम सजाय हुँदै आएकोमा उनिहरुलाई आममाफी र क्षतिपूर्ति दिने उद्देश्यले Marijuana Opportunity, Reinvestment and Expungement (MORE) Act शुक्रबार मंसिर १९ गते December 4 मा पास गरेको छ ।
स्मरणीय छ अमेरिकाले पनि हालै संयुक्त राष्ट्रसंघमा भएको गाँजालाई खतरनाक लागु पदार्थको सुचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान समेत गरेको थियो । अब नेपालमा पनि कानून बनाएर गाँजा खेति, सेवन र ओसारपसार गरेबापत जेल सजाँय भोगिरहेका करिव १२ हजार कैदिहरुलाई आममाफी दिनुपर्नेछ ।
हामीले संसदमा दर्ता गरेको कानून पारित गर्नासाथ यो प्रक्रियाको प्रारम्भ हुनेछ । त्यसैले छिटोभन्दा छिटो कानून पारित गराउन सबैले आ-आफ्नो ठाउँबाट लागौं ।''












