२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २२ करोड ८१ लाख ४० हजार रुपियाँ रहेको छ । 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ सम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रवीणकुमार लामाले जानकारी दिनुभयो । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गर्ने कम्पनी सचिव लामाले बताउनु भएको छ।