३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषद्वारा घर सापटी, शैक्षिक सापटी लगायत विभिन्न चार शीर्षकमा सापटी दिने



अ+ अ-

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई विभिन्न चार शीर्षकमा रकम सापटी दिने भएको छ । योगदानकर्ता सापटी अन्तर्गत योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् । 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम लगानी गर्ने सम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न मंसिर १० मा ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत भएसँगै यी सुविधा अघि सारिएको कोषले जनाएको छ ।​ 

योगदान रकमको आधारमा वित्तीय आवश्यकता पुरा गर्न विशेष सापटीको व्यवस्था गरिएको हो । योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिनेछ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको जनाएको छ ।

यस्तै धितोमा नै आधारित रहेर योगदानकर्ता आफैँ वा निजको पतिरपत्नी, छोरारछोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न ३५ लाख रुपैयाँ बराबरको शैक्षिक सापटीको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई भइपरि आउने सामाजिक कार्यको लागि भनेर ५ लाख रुपैयाँ बराबरको सामाजिक कार्य सापटीको व्यवस्था समेत गरेको छ ।

साथै परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह वित्तीयकरण कर्जा रहेका छन् । यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरी लागानीका क्षेत्रहरु पहिचान गरिएको कोषले जनाएको छ ।

योगदानकर्ता विशेष सापटी लगायत अन्य सबै सापटीहरुको कूल योग एक करोड रुपैयाँ वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने कोषले जनाएको छ । यस्तै सापटीका लागि कोषमा कम्तिमा पनि तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले गरेको छ ।