२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ७० दशमलव ६२ अंकले उकालो, नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार



अ+ अ-

काठमाडौं । बुधबार पनि शेयर बजार बढ्ने क्रम जारी हुँदै  नेप्से परिसूचक ७० दशमलव ६२ अंक बढेर २ हजार ७१ दशमलव शून्य २ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इन्डेक्स ३९६ दशमलव शून्य ४ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स १२ दशमलव २५ अंकले बढेको हो । शेयर बजार कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापारिक समूह वाहेक सबै समूहको परिसूचक बढेको हो ।

१० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा मिथिला लघुवित्त, साञ्जेन जलविद्युत, जनउत्थान सामूदायिक लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, बिजय लघुवित्त, हिमालयन डिष्टिलरी, लक्ष्मी लघुवित्त, नेरुडे लघुवित्त र छिमेक लघुवित्त रहेका छन् । यस दिन अन्य समूहको परिसूचक ८ दशमलव ४ प्रतिशत, लघुवित्तको ७ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ६ दशमलव ६७ प्रतिशत, जलविद्युतको ५ दशमलव ४५ प्रतिशत, जीवन बीमाको ४ दशमलव ९७ प्रतिशत, निर्जीवनको २ दशमलव ४९ प्रतिशत, होटलको २ दशमलव ५५ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य २ प्रतिशत,  बैंकिङ्क र वित्त समूहको शून्य दशमलव ४२ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ३९ प्रतिशत बढेको हो । बुधबारको बजारमा अन्य समूह, लघुवित्त समूह र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । 

बुधबार २०१ ओटा कम्पनीको ६० हजार ८४६ पटकको व्यापारमा रू. ७ अर्ब ३७ करोड ४० लाख १७ हजार बराबरको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर कारोबार भएको छ । बुधबार ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले र २४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । १० प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरुमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, बोट्लर्स नेपाल तराई, आशा लघुवित्त, इन्फिनीटी लघुवित्त, स्वरोजगार लघुवित्त,फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

यस दिन सर्वाधिक रकमको कारोबार  नेपाल दुरसञ्चार कम्पनीको भएको छ । नेपाल दुरसञ्चार कम्पनीको रू. ४० करोड ७ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ११७ ले बृद्धि भएर रू.१ हजार २९२ पुगेको छ ।  त्यस्तै युनिलिभर नेपालको शेयरमूल्य दोहोरो उच्च अंकले बढेर बजारमा सर्वाधिक गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य ५ दशमलव १९ प्रतिशत अर्थात प्रतिकित्ता रू.१ हजार १०० ले घटेर अन्तिम मूल्य रू.२० हजार १०० कायम भएको हो ।