३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एन्टिजेन विधिबाट कोरोना भाइरस परिक्षण, २० देखि २५ मिनेटमै रिपोर्ट आउने !



अ+ अ-

काठमाडौँ  । सरकारले सोमबारबाट २० देखि २५ मिनेटमै कोरोना परीक्षण गररेपछि रिपोर्ट आउने एन्टिजेन परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।

डा. पाण्डेले सोमबार मात्रै पनि पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएको र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आएको बताउनुभयो । 

डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका विशालनगर, मित्रपार्क, कोटेश्वर,चाबहिल, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिने भएको हो । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिने बताउनुभयो । ।