२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेर ३८५ दशमलव ५६ विन्दुमा



अ+ अ-

काठमाडौं । सोमबार शेयर बजारले उचाई कायम गरिरहँदा सोमबार २ हजार २६ दशमलव २६ विन्दुसम्म पुगेको थियो । कारोबार शुरु भएको ४ मिनेटमै कायम गरेको उक्त उच्च विन्दुबाट फर्किएर १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतबारको तुलनामा भने सोमबार नेप्से परिसूचक २८ दशमलव ७९ अंकले बढेको हो । आइतबार हालसम्मकै उच्च अंक ७५ दशमलव शून्य २ अंक बढेको बजार १ हजार ९६८ दशमलव २७ विन्दुमा बन्द भएको थियो । सोमबार २ हजार विन्दुबाट बजार खुला भएको थियो । यो दिने नेप्से परिसूचक सँगै ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ६३ अंकले बढेर ३८५ दशमलव ५६ विन्दुमा पुगेको छ ।

यो दिन रू. ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । १९८ ओटा कम्पनीको ८३ हजार ५६७ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम आइतबारको भन्दा सोमबार कम भएको छ ।आइतबार २०० ओटा कम्पनीको ८० हजार २७१ पटकको व्यापारमा रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर कारोबार भएको थियो ।
 
सोमबार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यो दिन उक्त कम्पनीको रू. ३८ करोड ४८ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि सोमबार ९ दशमलव ४४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६० ले बढेर अन्तिम मूल्य रू. १ हजार ८५५ पुगेको छ । सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यस दिन उक्त कम्पनीको रू. ३७ करोड ३४ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य सोमबार प्रतिकित्ता रू. ८३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४५४ कायम भएको छ ।

सोमबार युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको भने विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । उच्च मूल्य वृद्धि भएको युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. १६ ले वृद्धि भएर अन्तिम मूल्य रू. १७६ पुगेको हो । त्यस्तै उच्च मूल्य गिरावट भएको विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३६० ले घटेर अन्तिम मूल्य रू. ३ हजार २४० कायम भएको छ । सोमबारको कारोबारमा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विकास बैंक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन जीवन बीमा समूहको परिसूचक ७ दशमलव ३४ प्रतिशत बढेको छ भने विकास बैंक समूहको २ दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ ।

विकास बैंक समूहसँगै सोमवार बैंकिङको शून्य दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ५९ प्रतिशत र म्यचुअल फण्डको १ दशमलव १ प्रतिशत परिसूचक घटेको छ । यस दिन व्यापारिक समूहको ६ दशमलव ६१ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, जलविद्युतको ५ दशमलव ९३ प्रतिशत, निर्जीवन बीमा २ प्रतिशत, उत्पादन तथा प्रशोधन १ दशमलव ६९ प्रतिशत, अन्य २ दशमलव ६४ प्रतिशत र  लघुवित्त समूहको परिसूचक १ दशमलव ३ प्रतिशत बढेको छ ।




भर्खरै