२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार पहिलो घण्टामा ३०.७८ अंकले बढ्यो नेप्से परिसूचक



symbolic picture
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७८ अंकले बढेर १ हजार ९२४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । १ हजार ९१२ दशमलव ११ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ६३ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब ३५ करोड ६८ लाख बराबरको ५२ लाख ७६ हजार ९२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २० हजार ४६० पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा नेपाल बंगलादेश बैंकको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २८९ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ३२ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६० मा कारोबार भइरहेको छ ।




भर्खरै