२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भय र त्रासबीच विद्यालय जान पाउँदाको खुशी (फोटोफिचर)



अ+ अ-

कपिलवस्तु । कोरोना भाइरसका कारण लामो समयसम्म देशका सबै विधालयहरु बन्द रह्यो । पठन-पाठनका सम्पुर्ण शैक्षिक क्षेत्रहरुमा पुर्ण विराम लागेको थियो । तर आजभोलि भने ठाउँ-ठाउँमा विद्यालयहरु खुल्न थालेका छन् ।

त्यस्तै धेरै लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिकाहरुले विद्यालय जाने अवसर पाएका छन् । धैरै समयपछि विधालय जान पाउँदा भय र त्रासबीचको खुशीलाई उनीहरु सबैले आत्मसात गर्दै विद्यालयतर्फ लागेका छन् ।