२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा क्लव महिला भलिबलमा स्वर्ण जित्ने पुलिसको लक्ष्य



अ+ अ-

काठमाडौँ । माल्दिभ्समा हुने काभा महिला क्लव भलिबल च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

आगामी सेप्टेम्बरमा १५ देखि माल्दिभ्सको मालेमा पहिलोपल्ट महिला क्लव भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछ । पुलिसले यसै च्याम्पियनसिपका लागि करिव एक महिना प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षक रूपेश विष्टले लामो समयदेखि प्रभावकारी प्रशिक्षणसँगै सन्तुलित टोली रहेकाले सुखद् नतिजा पाउने आशा गरेका छन् । यसै च्याम्पियनसिपका लागि पुलिसले बाहिरको क्लबबाट पनि खेलाडी भित्राएको छ ।

एपिएफकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्युडायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई पुलिसले मालेमा हुने च्याम्पियनसिपका लागि भित्राएको हो । त्यसबाहेक पुलिसमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । महत्वपूर्ण आउट साइड हिटर उषा भण्डारी र पुनम चन्द, अपोजिट हिटर कामना विष्ट, लिबेरो शान्तीकला तामाङले गत महिना मात्र काभा महिला नेसन्स लिगमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसबाहेक टोलीमा अनुभवी सेटर कमला पुन छिन् ।

उनलाई सरस्वती कट्टेलले सघाउनेछिन् । लक्ष्मी चन्द अपोजिट सेटर, कोपिला राना मिडल ब्लकर र मनिषा चौधरी गरी पुलिसको टोलीमा कुल १४ खेलाडी छन् । थप चार अफिसियलसहित पुलिस कुल १८ सदस्यीय टोलीसहित माल्दिभ्स प्रस्थान गर्र्दैछ । यस च्याम्पियनसिपका लागि आयोजक माल्दिभ्सको दुई टोलीसहित नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंकाका लिग च्याम्पियनले चुनौती प्रश्तुत गर्ने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यद्यपि, केही दिनमा सहभागी टोली र समूहचरणबारे टुङ्गो लाग्ने चन्दले बताउनु भयो ।