२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तापसीलाई ‘बेकार हिरोइन’ को संज्ञा दिँदै, तापसीको जवाफ



अ+ अ-

मुम्बई । अभिनेत्री तापसी पन्‍नु आफूलाई ट्रोलमा तान्ने खोज्नेहरुलाई कडा जवाफ दिन पछि पर्दिनन् । यस्तै हालै एक व्यक्तिले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न खोजेपछि तापसीले ती व्यक्तिलाई कडा जवाफ फर्काएकी छिन् । ती व्यक्तिले उनलाई इन्स्टाग्रामको म्यासेज बक्समा लेखेका छन्, “ बेकारकी हिरोइन, तिमीलाई अभिनय आउने त होइन ।” उसको म्यासेजको स्क्रिनसट गरेर त्यसमा तापसीले जवाफ फर्काएकी छिन्, “सही हो, मैले मेरो स्ट्यान्डर्ड उठाएको छु । सायद तपाईंले यो कुरा बुझ्नुभएन होला ।” तापसीले यो स्क्रिनसट इन्स्टाग्रामको स्टोरीमा सेयर गरेकी छिन् ।

ती सामाजिक प्रयोगकर्ताले तापसीको अभिनयलाई बेकार भने पनि उनी हरेक चलचित्रमा निभाएको फरक भूमिका र अभिनयका कारण नै एकपछि अर्को चलचित्रमा व्यस्त भएकी हुन् । अभिनयकै कारण तापसीले हालसम्म थुप्रै राष्ट्रिय अवार्ड पनि प्राप्त गरिसकेकी छिन् । (नवभारत टाइम्स)