काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र लुम्बिनी प्रदेशमा साथै बाग्मती प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ र अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको छ।
प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भू–भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेका छ।












