३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ बुँद्दे घोषणापत्र जारी गर्दै रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन सकियो



अ+ अ-

काठमाडौ ।न्यायपालिकाको मर्यादा र गरिमा कायम गरी न्यायालयप्रति जनआस्था वृद्धि गर्नेलगायत २५ बुँद्दे घोषणापत्र जारी गर्दै न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलन, २०७७ सम्पन्न भएको छ ।
 
मङ्गलबार शुरु भएको दुई दिने सम्मेलनले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा न्याय सम्पादनको कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन न्यायपालिकाको एक्लो प्रयास सम्भव नहुने हुनाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।
   
सम्मेलन समापनमा अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले छलफलका क्रममा आएका सुझावका आधारमा तयार पारिएको कार्यपत्र कार्यान्वयनमा अधिकतम प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले ऐन, कानून र नजिरले दिएको बाटोबाट न्यायिक विवेक प्रयोग गरेर कार्यसम्पादन गर्दा व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी पूरा गर्न सकिनेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
  
सर्वोच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवरले तहगतरुपमा हुने व्यवस्थापकीय जिम्मेवारी भूमिका तथा हामी आफ्नै अपेक्षा र सरोकारका विषयसमेत उठान भएकाले यसको कार्यान्वयनमा अगाडि बढिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतका प्रशासनिक नेतृत्वबाट यसको कार्यान्वयनलाई महत्वका साथ अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उक्त सम्मेलनको उद्घाटन गर्दै न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गर्नुभएको थियो । ‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन स् हाम्रो प्रतिबद्धता’ मूल नाराका साथ शुरु भएको दुई दिने सम्मेलनमा  विभिन्न पाँच व्यवस्थापकीय समसामयिक विषयमा कार्यपत्रमा छलफल भएको थियो । सम्मेलनमा उच्च अदालतका रजिष्ट्रार, उपत्यकामा रहेका विभिन्न न्यायाधीकरणका रजिष्ट्रार तथा स्रेस्तेदार, जिल्ला अदालतका स्रेस्तेदार र तहसिलदारको उपस्थिति थियो ।