३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखधर साख्वाको योगदान चीरस्थायी बनाउन महानगर प्रयासरत— मेयर शाक्य



अ+ अ-

काठमाडौं । आज कछलाथ्व दशमी । यस दिनलाई ‘शंखधर दिवस’ का रुपमा मनाउने गरिएको छ । आफ्नै देशको नामबाट नेपाल संवत् स्थापना गर्नुहुने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि. सं. २०५६ मंसिर २ गते प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको दिन कछलाथ्व दशमीलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको हो । 

दिवसको सन्दर्भ पारेर आज बिभिन्न कार्यक्रम गरिए । तीमध्ये काठमाडौं महानगरका का प्रमुख बिद्यासुन्दर शाक्यले वडा १५ लखुतीर्थमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभयो भने मध्यपुर थिमीको शंखधर चोकमा निर्माण गरिएको शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गर्नुभयो । लखुतीथको कार्यक्रम नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति – ११४१ ले आयोजना गरेको थियो भने मध्यपुरको कार्यक्रम नगरपालिकाले आयोजना गरेको थियो । 

यस क्रममा उहाँले भन्नुभयो, ‘कतिपयलाई नेपाल सम्बत नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ । तर त्यसो होइन । यो नेपालको राष्ट्रिय सम्बत हो । साख्वाःको योगदानलाई चीरकालसम्म सम्झना गर्न महानगरले शालिक निर्माण र अनावरण गरेको छ । जनस्तरको चाहनालाई सम्बोधन गर्दै साख्वाको शालिक निर्माण गरेका हौँ ।’ उहाँले भन्नुभयो, ‘शंखधर जस्तो राष्ट्रिय व्यक्तित्वलाई सानो ठाउँमा शालिक बनाएर राखियो भनेर कता–कताबाट गुसानो आएको पनि सुनेको छु । म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु । राष्ट्रिय विभूति शंखधरको सम्मानका महानगरपालिकाले कुनै कन्जुस्याईँ गर्ने छैन । शंखधरको भव्य शालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ ।’ 

भक्तपुरको कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले साख्वाको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँकाअनुसार नगरपालिकाको ९० लाख रुपैयाँ, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख रुपैयाँ र शंखधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित १० लाख रुपैयाँ गरी एक करोड ५० लाख लागतमा उपभोक्ता समितिमार्फत भवन निर्माण भएको हो । भवनमा सूचना केन्द्र, संग्रहालय र सभा कक्ष रहने छ । 

लखुतीर्थमा आयोजना गरिएको कार्यक्रममा बोल्दै न्हूद समितिका अध्यक्ष रमेश महर्जनले सबैबाट प्रयास भएमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो । शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले नगरबाट साख्वाको सम्मानमा गरिएको कामको प्रशंशा गर्नुभयो । किंवदन्तीअनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा सुनमा परिणत भएको र उहाँले त्यही सुन बेचेर आएको पैसाले ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु भएको सम्झनामा नेपाल संवत् शुभारम्भ गर्नुभएको थियो । महानगरले अहिले लखुतीर्थ सुधारको काम गरिरहेको छ । काठमाडौँ महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रम अन्तरगतको उपलब्ध अनुदान रकमबाट मध्यपुर थिमी नगरले शंखधर पार्क निर्माण गरिरहेको छ ।