८ असार २०८३, सोमबार
,
Latest
कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ – रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद भवनको लोहोत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति रिसाएको दिन सरकार ढल्ने भन्दै उनले चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने कुराको खण्डन गरे ।

उनले भने – ‘दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । किनकि, कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ । अनि भन्न चाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’

सभापति लामिछानेले दुई तिहाईको सरकारको प्राथमिकता के हो, अझै थाहा हुन नसकेको भन्दै विगतमा पनि जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश हुनुपरेको बताए ।