८ असार २०८३, सोमबार
,
Latest
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेन। आज बिहान साढे ८ बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिएकाले ढिलिएको हो।

रास्वपाका नेता गणेश पराजुलीका अनुसार निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिनिधि नामावलीमा विभिन्न त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र पुनः रुजु गर्ने प्रक्रिया चलिरहेको छ। सोही कारण बन्दसत्रको कार्यतालिका केही पछि सरेको उनले बताए।

निर्वाचन समितिले आइतबार करिब चार हजार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। नामावलीमा भएका त्रुटि सच्याउन प्रतिनिधिहरूलाई निवेदन दिनुपर्ने व्यवस्था रहेकाले प्रक्रिया अपेक्षाभन्दा लामो भएको बताइएको छ।

आजको बन्दसत्रमा पार्टी नेतृत्वले विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा प्रस्तावहरू पेश गर्ने कार्यक्रम रहेको छ। अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

त्यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव र उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उक्त प्रतिवेदन तथा प्रस्तावमाथि छलफल र अनुमोदनको प्रक्रिया सम्पन्न भएपछि सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।