८ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती



अ+ अ-

काठमाडाैँ । बागलुङकाे तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरीे आयआर्जनको बाटो पहिल्याएको छ ।

गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका विभिन्न स्याउका बिरुवा रु सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताउनुभयो । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ । पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो ।

“यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा लिएका छौँ ।” अध्यक्षले भन्नुभयो ।