३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा



अ+ अ-

काठमाडौं । लुम्बिनी क्षेत्र भित्र भएको निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरूले सबै निर्माण कार्य रोकेर धर्नामा बसेका छन् ।  १० महिनादेखि भुक्तानी नपाएकाका कारण शुक्रबारदेखि सबै निर्माण कार्य रोकेर निर्माण व्यवसायीहरू धर्नामा बसेका हुन् ।

भुक्तानीको समस्या र अवरोधले निर्माण कार्य ठप्प हुने भएको छ । निर्माण व्यवसायीहरूले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री लुम्बिनी विकास कोष, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी विकास कोषका उपाध्यक्ष, लुम्बिनी विकास कोषका सदस्य–सचिव, लुम्बिनी विकास कोषका परियोजना प्रमुख सहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाए पनि कुनै सुनुवाई नभएको व्यवसायी प्रकाशकुमार श्रेष्ठल जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘चाडपर्वको मुखमा मजदुर तथा सामग्री आपूर्तिकर्तालाई रकम भुक्तानी दिन नसक्दा निकै अप्ठारो भएको छ । जसका कारण विरोधका कार्यक्रम सुरु गर्न बाध्य भएका हौ । उहाँले भन्नुभयो ‘भुक्तानीको अत्यधिक ढिलाइले गर्दा निर्माण कार्य नै रोकिएको छ, जसले परियोजनाको समग्र प्रगति प्रभावित बनाएको छ ।’

लुम्बिनी विकास कोषका पदाधिकारीकोहरूले निर्माण व्यवसायीहरूलाई पटकपटक मौखिक आश्वासन दिए पनि काम नभएको व्यवसायीको गुनासो छ । व्यवसायीका अनुसार मन्त्रालयबाट बजेट निकासा भइसकेको भनिए पनि, आन्तरिक विवाद र लापरबाहीका कारण कोषले भुक्तानी रोकिरहेको छ ।

लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनाहरूलाई राष्ट्रिय गौरवका रूपमा चिनाइएको भए पनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले परियोजनाहरू संकटमा छन् ।

निर्माण व्यवसायीको संयुक्त वक्तव्य

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/09/Final-भुक्तानी-ढिलाइको-विरोध-ghf-LDT.pdf” title=”Final -भुक्तानी ढिलाइको विरोध ghf-LDT”]