२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा कर्णालीले सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन जोड्यो ।

उसका लागि जिशन मक्शुदले ३०, विलियम बोसिस्टोले १६, बाबर हायतले १३, चाडविक वाल्टन र सोमपाल कामीले ११–११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले तीन, दिपेन्द्र सिंह ऐरी र स्कट गुगलाइनले दुई–दुई तथा सैफ जइबले एक विकेट लिए ।