२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा रु २००० छुट



अ+ अ-

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा रु १००० छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो। सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आईईएलटीएस टेस्ट शुल्कमा फ्ल्याट रु २००० क्यासब्याक प्रदान गर्ने योजना सार्बजनिक गरेको हो ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुबिधा निरन्तर चलिरहने छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सक्नेछन्।

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा वाट्स निउ भागमा आईईएलटीएस टेस्ट बुकिङमा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्।