काठमाडौं । काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १९६ र भक्तपुरमा १६२ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या २६ हजार ७ सय ३८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।












