३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेतृ झाँक्रीले भनिन्- पार्टी नामको प्राइभेट कम्पनीबाट अपेक्षा गर्ने यस्तै निर्णय हुन् !



अ+ अ-

काठमाडौ । डा.युबराज खतिवडालाई अमेरिकाको राजदुतमा सिफारिस गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र तिब्र असन्तुष्टि देखिएको छ । यसैक्रममा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गरेको यो निर्णय नौलो नलागेको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा झाक्रीले लेख्नुभएको छ –मलाई त कुनै नौलो लागेन । जब पार्टी विधि र पद्धतीसंगत चल्दैन । व्क्तिमा शक्तिको अत्यधिक केन्द्रीकरण हुन्छ । केन्द्रीकरण मात्र होईन उस्तै पात्रहरूकबीच भागबण्डा हुन्छ भने पार्टी नामको प्राइभेट कम्पनीबाट यस्तै निर्णय अपेक्षाकृत नै हुन । पार्टी, कमिटी, विधि, संवाद र जवाफदेहिता नहुने प्रणालीमा जब व्क्तिमा प्राधिकार निहित भएपछि यस्तै हो । सरले रगत, खकार, सिगान, थुक आदिबाट डिएनए परीक्षण गरेर मात्र जिम्मा दिनुहुन्छ। जुन कुरा नौलो होईन।