२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन



अ+ अ-

काठमाडौँ: वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको जनाउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको हो ।

“खुम्बु क्षेत्रमा हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडान यही पुस २१ गतेदेखि स्थगत गरिएको व्यहोरा जानकारी गराउँदै उक्त क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडान स्थगन गर्ने जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा सङ्घ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रूपमा यही जनावरी ०१ देखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो ।

हेलिकप्टर उडान प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीसँग सङ्घका पदाधिकारीले पटकपटक वार्ता गर्दा पनि निष्कर्षमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएको सङ्घले जनाएको छ ।रासस