३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणः निलम्बित प्रहरीहरुलाई सेवामा फर्काउने तयारीमा प्रहरी प्रधान कार्यालय



अ+ अ-

काठमाडौं । निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीहरुको निलम्बन फुकुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालय, नक्सालले थालेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेसँगै प्रहरी हेडक्वाटरले निलम्बित प्रहरी अधिकारीहरुलाई काममा फर्काउने तयारी गरेको हो । 

प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार अहिलेको संशोधनमा अन्तिम किनारा भन्ने शब्द हटाइएकोले अब निलम्बित प्रहरीअधिकारीहरुलाई जागिरमा पुनर्वहाली हुन पाउने भएको हो । तशर्थ यस संशोधनसंगै निर्मला प्रकरणमा निलम्बित प्रहरी अधिकारीहरु काममा फर्कन पाउने बाटो खुलेको हो ।

३१ भदौ २०७५ मा गृह मन्त्रालयद्वारा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी निलम्बन भएका थिए । त्यसैगरी तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । 

स्रोतका अनुसार डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गर्ने तयारी गरेको छ ।