३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाको निर्णय बिरुद्ध पौडेल पक्ष, पार्टी कार्यालयमा बिरोध पत्र दर्ता



अ+ अ-

काठमाडौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो निर्णयहरु सच्याउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ । महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विधान विपरित विभिन्न विभाग गठन गरेको लगायतका सबै निर्णय सच्याउन माग गर्दै पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका हुन् ।

पौडेल समूहले पार्टीलाई विधानसम्मत सञ्चालन गरी महाधिवेशनलाई स्वच्छ र निष्पक्ष गरिकाले सम्पन्न गर्ने वातावरण बनाउन समेत माग गरेको छ । पौडेल समूहले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि नै आफ्ना सबै माग पुरा नगरे संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ । विरोधपत्र दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता नविन्द्रराज जोशिले महाधिवेसनलाई निश्चित समयमै निस्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न गर्न दवाव स्वरुप विरोधपत्र दर्ता गराएको बताउनुभयो ।

सभापति देउवाले विधान विपरित २८ वटा विभागलाई ४८ पु¥याएको, विभागको जिम्मेवारी दिएर पार्टीका जिम्मेवार नेताहरुलाई नै अपहेलना गरेको बताउनुभयो । सरकारले गरेका गलत कामहरुको सम्बन्धमा पार्टीले राजनीतिक कार्यक्रम लिएर सडक देखि सदन सम्म विरोध गर्न नसकेको समेत उहाँले बताउनुभयो । उहाँले आफुहरुले राखेका माग पुरा नभए थप संघर्ष गर्न देशभरका पार्टी सदस्यहरुलाई आग्रह गरिने समेत स्पस्ट पार्नुभयो ।

कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले कांग्रेसलाई मजबुत र विधिसम्मत तरिकाले अगाडी बढाउन नसक्दा देशमा अराजकता आएको बताउनुभयो । कांग्रेस कमजोर हुँदा देश अस्तव्यस्त हुने भएकाले त्यसको समाधानका लागि कांग्रेसलाई मजबुत बनाउने अभियानमा आफुहरु लागेको उहाँले बताउनुभयो । कांग्रेसको सुधारका लागि बुलेट प्रुफ ट्रेन चलाउन लागिएको पनि उहाँले बताउनुभयो । पौडेल समूहका तर्फबाट केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी लागयतका नेताहरुले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन् ।

जसमा पार्टीको विधान विपरित कुनैपनि सदस्यले गतिविधि गर्न नहुने र त्यसको संरक्षण एवं पालना गर्ने पहिलो जिम्मेवारी पार्टी सभापतिको हुने र त्यसमा आफुहरुले कहिं कतै सम्झौता गर्न नसक्ने उल्लेख छ ।