२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको निर्देशन



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । 

नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानीक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको बताउनुभयो ।

संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । यसबाहेक पार्टीको साङ्गठनिक एकीकरणका बाँकी काम पुरा गर्न १० दिन भित्र अध्यक्ष द्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरी सचिवालयले टुङ्गो लगाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयको सन्दर्भमा दुई तीन दिन भित्रमा बैठक बसी निर्णय गर्ने निष्कर्ष पनि निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै स्थायी कमिटीको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकले पार्टी भित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनियता अझबढी बनाउने र सरकारलाई अझ सफल बनाउने दिशा तिर अगाडि बढ्ने विश्वास र अपेक्षा पनि बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।

बैठकले मन्त्रिमण्डल पुनर्गठनको सम्बन्धमा कुनै छलफल नगरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।