२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते



अ+ अ-

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्याललय मकवानपुरका अनुसार दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए । गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बस चालक धनुषाको जनकपुर उपमहापालिका ८ बस्ने वर्ष ५० को धनीराम विश्वकर्मालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस