३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि लामो दुरीका यातायात सुचारु हुने, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने



अ+ अ-

काठमाडौं।  चैत्रको पहिलो साता देखी रोकिएक लामो दूरीका सबारी साधानहरु भोलि असोज १ गते अर्थात बिश्वकर्मा पूजाका दिनबाट सुचारु हुने भएको छ । यातयात व्यवसायीहरुले लामो दूरीको सवारी साधनहरु सञ्चालनका लागि तोकिएको मापदण्ड पुरा गरी संञ्चालन गर्ने जनाएको छन् ।

 यातयात व्यवसायीहरुले लामो दूरीको यातयात सञ्चालनमा ल्याउनका लागि भदौ २६ गते यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र कोभिड९१९ संकट व्यवस्थापनलाई असोज १ गतेबाट सार्वजनिक गाडी चलाउने  जानकारी  गराउदै सहज सञ्चालनको ब्यबस्था मिलाईदिन आग्रह गरेका थिए । 

सरकारले पनि  लामो दूरीको सार्वजनिक यातयात सञ्चालन असोज १ गते बाट  सुचारु गर्न दिने निर्णय गरेपछि सेवा सुचारु हुन लागेको हो । सेवा सुचारु गर्दा  ५० प्रतिशत सिटमामात्र यात्रु बोक्ने स्बास्थ्थ सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।