१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले खोल्ने आन्तरिक उडान ? उडानमा ढिलाइ कसको कमजोरी



अ+ अ-

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ ।

सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाई छ । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भएपनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तिव्र असन्तुष्टि जनाउनुभयो । सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उहाँको भनाई छ । 

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उहाँले बताउनुभयो । 

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरेपनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने की यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लक डाउन गरेको थियो । ४ महिनाको लक डाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन । सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । केही समय छोटो दुरीका यातायात खुलेपनि उपत्यका लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि यातायात सेवा पनि बन्द छ ।