२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा जारी गरेको १४ दिनमा राजधानीका सडकमा जे देखियो (हेरौं तस्वीरहरु)



अ+ अ-

काठमाडौं । आज बुधबार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको १४ दिन पुगेको छ ।  

कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञाको बुधबार अन्तिम दिन समेत रहेको छ । निषेधाज्ञाको कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले पूर्णरुपमा पालना गरेका छन् । आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ ।

मुख्य सडकमा अत्यावस्यक सेवाका सवारी सधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वस्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ । प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावस्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ । 

उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफुल लागयतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । समग्रमा जनजीवन प्रभावित भएपनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ । 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछन । उपत्यका भित्रका नगरपालिकाहरुले भने निषेधाज्ञालाई थप कडाई पार्नुपर्ने बताएका छन् । 




भर्खरै