१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीकाे निधन, प्रधानमन्त्रीद्वारा समवेदना प्रकट



अ+ अ-

नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको छ । कोरोना भाइरसबाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट सदस्य समेत रहेका मुखर्जीकाे भारतीय राजनीतिमा लामाे अनुभव थियाे ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।

नेपालका प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति मुखर्जीकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्नु भएकाे छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपालले एक सच्चा मित्र गुमाएकाे तथा नेपाल – भारत सम्बन्धलाइ सुदृढ तुल्याउन मुखर्जीले गर्नु भएकाे प्रयास सधैं स्मरणीय रहने बताउनुभएकाे छ ।