१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २१ हजार ४ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार १ सय २१ रहेको छ । विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परीक्षण भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेका छन् । डा. गौतमले ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।