२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँः अध्यक्ष महतो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताउनु भयो । चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संघर्षहरुको सम्बन्धहरुमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष । मधेस सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’

बिस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ ।