१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीमा संलग्न दम्पती पक्राउ



अ+ अ-

पोखरा । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। लामिछानेले वाइरिङको काम गर्दै आएका थिए ।
 
प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको दुईतले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकरलगायतका भाँडा, लत्ताकपडा र रु एक लाख ९५ हजार ५५० चोरी गरेका थिए । घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवत्ता हमालले बताए।