१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु



अ+ अ-

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने–६ का  सात वर्षीय बालक  खगेन्द्र बयक रहेका छन् ।  समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो । 

बालक घर नजीकै माथिल्लो भावरको नजीक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए । दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी  हतारहतार घरमा फर्किएका थिए । घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए । त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । 

 गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिनुभयो ।  बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए ।