१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा



अ+ अ-

तनहुँ । सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुङ्गा हटाउन बाँकी रहेकाले दुईतर्फी नै सडक खुलाउन केही समय लाग्ने जानकारी दिनुभयो । “सानासाना ढुङ्गा हटाएर सवा एक घण्टामा बाटो एकतर्फी भइसकेको छ, ठूला ढुङ्गा हटाउन केही समय अझै लाग्ने देखिएको छ ।”

राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि गुडेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । आँबुखैरेनी–मुग्लिङ सडकखण्डअन्तर्गत यस ठाउँमा बेलाबेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएका बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ ।