३० जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकारबारे गृहमन्त्रीः सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताउनु भयो । उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ । यसका लािग सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको छ । र पटक पटक संवादहरु समेत भएका छन् । पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ गते पुनः आह्वान गरेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’

उहाँले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो ।