१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङले भेडा मर्दा २६ लाखको क्षति



अ+ अ-

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 
 
सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु। २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । “पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामी नेतृत्वमा मङ्गलबार ढाँणखर्क पुगेर ल्याएको विवरण अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन्”, उहाँले भन्नुभयो, “थप मूल्याङ्कन पनि हुँदैछ ।”

भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिनुभयो । गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका—६ सूँडी गाउँका २५० भेडा मरेका थिए ।