१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं.१ मा १०९ सङ्क्रमित थपिए



अ+ अ-

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । जसमा मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश  बाहिरका चार जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टाको विवरण अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला छ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष,  रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा छ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश  बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसप्रदेशमा   कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८३२ पुगेको छ भने आज ४९ जना निको भएर घर फर्केका छन् । हालसम्ममा यस प्रदेशमा निको भएर घरफर्कनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल  ८० हजार ७४५ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।