१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाममा युवालाई रचनात्मकरुपमा परिचालनमा जोड



अ+ अ-

काठमाडौँ । कोभिड–१९ र अन्य प्राकृतिक विपत्तिको क्षति न्यूनीकरणमा युवा शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न आग्रह गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) आवद्ध क्लवहरुको राष्ट्रिय महासङ्घद्वारा आज भर्चुअलरुपमा आयोजित ‘युवा र कोभिड १९’ विषयक संवादमा युवालाई हरेक क्षेत्रमा अगाडि बढाउँदै उनीहरुको प्रतिभा र शक्तिलाई समाज विकासमा सदुपयोग गराउनुपर्नेमा जोड दिइएको हो ।

शिक्षाविद् प्रा डा प्रेमनारायण अर्यालले कार्यपत्र प्रस्तुत गर्दै अल्पविकसित मुलुकमा १३ प्रतिशत महिला र २२ प्रतिशत पुरुष मात्र माध्यमिक शिक्षामा प्रवेश गरेको स्थितिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा युवाका पहुँच बढाउन आवश्यक रहेको बताए। उनले युवा सक्रिय र ऐक्यबद्ध भएमा सामाजिक एकता र राष्ट्र विकासमा योगदान पुग्ने भएकाले युवालाई जवाफदेही बनाउन तालीमलगायत कार्यक्रम ल्याउन आग्रह गरे। नेपालमा कूल जनसङ्ख्याको करीब ४० प्रतिशत युवा (१६ देखि ४० वर्ष उमेर) छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले युवाले कोरोना रोकथाम र उपचारमा सचेतना फैलाउन सक्रिय भूमिका निर्वाह गरिरहेकाले नीतिगतरुपमा सबै क्षेत्रमा उनीहरुको उपस्थिति बढाएर जिम्मेवारी दिन आग्रह गरे । उनले राजनीतिक र अन्य क्षेत्रमा उपस्थिति बढाउन राज्य र सम्बद्ध सबै पक्षले अग्रसरता लिनुपर्ने जनाए ।

प्रस्तुतिमाथि टिप्पणी गर्दै हरिवंश किराँतले युवा नै वर्तमान र भविष्यको शक्ति भएकाले कोरोना रोकथाम र उपचारमा युवाले गरेका रचनात्मक कामहरुलाई बाहिर ल्याउन आग्रह गरे । युनेस्को काठमाडौँक राष्ट्रिय कार्यक्रम प्रमुख बलराम तिमल्सिनाले युवाको गुणस्तरीय व्यक्तित्व विकाले परिवार, समाज र राष्ट्रलाई योगदान दिन सक्ने भएकाले युवा परिचालनलाई युनेस्को निरन्तर महत्व दिँदै आएको उल्लेख गरे ।

शिक्षा पत्रकार प्रकाश सिलवालले सामाजिक रुपान्तरणका लागि युवाबाट भएका रचनात्मक र नवप्रवर्तनात्मक कार्यहरुलाई थप उजागर गर्न र राष्ट्रिय युवा नीति, २०७२ लाई युवाको चाहना तथा आवश्यकतानुसार कार्यान्वयन गराउन सुझाव दिए । शान्ति, मैत्री तथा आपसी सद्भाव, सहनशीलता, मानवअधिकारको सम्मान, सहकार्य र सामूहिक प्रयास, सामाजिक न्याय तथा उपलब्धिको न्यायोचित वितरण, रचनात्मक सिर्जनशीलताद्वारा शान्ति, प्रगति र समृद्धिको प्रवद्र्धन र संस्थागत विकास युनेस्कोका आदर्श मानिन्छन् ।