१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको चपेटामा सहासिक खेल



अ+ अ-

काठमाडौं । सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्याफ्टिङ,  बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङ जस्ता साहसिक खेलले नेपालको पर्यटन तथा खेल क्षेत्रलाई विश्व भर चिनाएको छ । आन्तरिक तथा वाह्य पर्यटक लोभ्याउने यी खेललाई आयस्रोत बनाएका व्यवसायी यति वेला कोरोनाको चपेटामा परेका छन् । 

जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ । म्याराथन, बन्जीजम्प, प्याराग्लाइडिङ जस्ता सहासिक खेल अहिले कोरोना कारण रोकिँदा यी व्यवसायलाई रोजी रोटी खोसिए झै भएको छ । ती मध्येको हावामा चरा जस्तै भएर उड्दै अनुभव लिन सक्ने प्याराग्लाइडिङ पछिल्लो समय पोखरामा निकै चर्चित छ । तर यो व्यवसाय कोरोनाका कारण ठप्प छ । पोखरामा १४ वर्ष देखी प्याराग्लाइडिङ व्यवसाय गर्दै आएका प्याराग्लाडिङ व्यवसायी चीनबहादुर बानियाँले कोरोनाले पेशा नै संकटमा परेको बताउनुभयो ।

बाँनियाले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि बैंक ऋणमा सवारीसाधन लिनुभएको थियो । यस्तै केही होटलसँग समेत सहकार्य गर्नुभएको थियो । तर अहिले सवारी साधनको किस्ता बुझाउन समस्या त भएको छ नै होटलसँगको सहकार्य पनि पातलिएको छ । यसबाहेक व्यवसाय सञ्चालनका लागि लिएको घर भाडा तिर्न पनि समस्या भएको गुनासो बानियाँले गर्नुभयो ।

नेपालमा हुने विश्वको चर्चित एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन, जुम्ला–रारा म्याराथन, काठमाडौं म्याराथन, आदि  प्रतियोगिताले विश्वमा चर्चा बटुल्ने गरेका छन् । तर अहिले यस्ता दौडका साथ बन्जीजम्प, साइकिलिङ जस्ता अन्य सहासिक खेल कोरोनका कारण आयोजना हुन सकेका छैनन् । विदेशबाट अल्ट्रा दौडका लागि धावकहरू सहभागिता जनाउन नेपाल आउने गरेका हुन्थे । अनि नेपालको सन्देश विश्वभर फैलिन्थ्यो । तर अहिले समय ठीक उल्टो भएको छ । प्रतियोगिता हुन सकेका छैनन । नेपालको पहिचान दिलाउने यस्ता खाले कार्यक्रमलाई सरकारी तवरबाट नै पहल गर्नु पर्ने कति पय सरोकावालाले बताउँदै आएका छन् । विश्वका धेरै देशले साहसिक खेललाई आयको स्रोत बनाउँदा रोजगारी, उद्योग र पर्यटनले देशको कोल्टे फेरेको धेरै उदहरण छन् । त्यसैले व्यवसायीलाई राहत र सहुलियत सरकारले दिनु पर्ने पो हो की ?