१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ । 

युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २३३  जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ ।