१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्रष्टा परिचयकोश प्रकाशन हुने



अ+ अ-

काठमाडौं । नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा  ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागबाट उक्त कोश तयार हुन लागेको हो । 

विभागका प्रमुख प्रा डा गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ । कोशमा ‘मकैको खेती’का स्रष्टा प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका शहीद कृष्ण सेन ‘इच्छुक’लगायत शहीद स्रष्टालाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेल बताउनुभयो ।   
         
नेपालमा १९९७ को विद्रोह, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनान्दोलन, दशवर्षे सशस्त्र जनयुद्ध र  २०६२÷०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरुको महत्वपूर्ण योगदान थियो ।