२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु, वैशाखसम्म काम सक्ने तयारी



अ+ अ-

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु भएको छ ।

मंगलबार मैदानमा पूजाआजा गरी निर्माण कार्य सुरु गरिएको हो ।

प्यारापिट निर्माणको जिम्मा काठमाडौंको टङ्गालमा रहेको बिकेओआई–केसिडिसि– जेभीले पाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयको अनुसार प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको हो ।

कम्पनीले बुधबारदेखि पूर्णरूपमा काम सुरु गरेर आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरेको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू बनाइने बताईएको छ ।

त्रिवि मैदानमा फ्लडलाइट जडानको ठेक्का भने ललितपुरको गुसिंगलस्थित विशाण(ईश्वरी जोइन्ट भेन्चरले पाएको छ । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।




भर्खरै